जिल्ला सहकारी संघ लि. काभ्रेको संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमिति सदस्यहरुका लागि आयोजना गरिएको संस्थागत विकास तालिम कार्यक्रम संघको सभा हलमा संघको अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्व सम्पन्न भएको छ । शुक्रबारको संघको भवनमा सहकारी विज्ञ कुवेर निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम संचालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । कार्यक्रममा तालिम सहजकर्ताका रुपमा रहनु भएको कुवेर निरौलाले तीन बटा सेसन मार्फत सहकारीको मर्म अनुरुप सहकारी संचालन प्रक्रिया, संस्था विकासका आधार के के हुन सक्छ र संघले गर्नुपर्ने कार्य के हुन देखि जिम्मेवारी बहनका विषयमा प्रशिक्षित गराउनुभएको थियो । तालिमबाट संघले तय गर्न लागेको ब्यवसायिक रणनैतिक योजना निर्माणमा महत्वपूणर् उपलब्धी हासिल गर्ने संघको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
