IMG-LOGO

चामुण्डा देवीको उद्गम स्थल नालामा सिढी निर्माण

 मंगल, पौष २, २०८१  ---

 

        काभ्रेको बनेपा न.पा.३ टुसाल स्थित चामुन्डा देवीको उद्गम स्थलमा देवीको दर्शन गर्न तथा पर्यटन भित्र्याउने लक्ष्यका साथ सहरी बिकाश मन्त्रालय, पर्यटन मन्त्रालय जिल्ला स्थित जिल्ला  जलस्रोत सिंचाइ डिभिजन कार्यालय तथा तत्कालीन प्रदेश मन्त्रालयका पूर्व मन्त्री बसुन्धरा हुमागाइको सिफारिसबाट समेत रकम निकासा गराइ हाल सम्म आवतजावत गर्न अन्दाजी ९१५ गोटा सिढी निर्माण हुनुको साथै उद्गम स्थलको मन्दिर परिसरमा पर्खाल समेत लगाइ उर्जा मन्त्रालय सङग समन्वय गरि सोलार बत्ति समेत राख्ने काम भएको कुरा उदय केसीले बताउनु भयो ।

        हाल सम्म समन्वय गरे अनुसार सिढी तथा पर्खाल निर्माण गर्न ७८ लाख निकासी गरि निर्माणकार्य भै सकेको जनाइएको छ । आ.ब. ०८१/८२ को लागि जिल्ला सिंचाइ कार्यालयबाट बिनियोजन भएको रु.१० लाख रुपैयाबाट आउदो पुस महिनाको दोस्रो हप्ताबाट प्रवेशद्वार र सिढी निर्माण गर्ने निति अगाडि सारिएको छ । पुरातत्त्व बिभागबाट बिनियोजन भएको रकमबाट उक्त बिभागद्वारा निर्माण गर्ने भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्