IMG-LOGO

इभी मार्टमा सबैखालका स्कुटर पाइने

 मंगल, पौष २, २०८१  ---

 

        ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ । श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताउनुभयो । अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०-८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं । यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्नेछ । शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए । ललितपुरमा ईभी स्कुटरहरुको ग्राहकहरु निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्राण्डका र ग्राहकहरुको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरु विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक गोपाल तिमल्सिनाले बताउनुभयो । शोरुम खुलेको अवसरमा हामीले १ हप्ताको लागि “क्(ध्ब्थ् एच्इ” मोडलमा रु. १५,००० बराबरको स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताउनुभयो ।

 

गण्डकी अटो मेकानिकलको साधारण सभा

        गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २५औँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो समितिको निवर्तमान अध्यक्ष सन्तोष कुमार मिश्र, वरिष्ठ उपाध्यक्ष नवराज सुनार, उपाध्यक्ष जगन्नाथ गर्तौला, महासचिव विजेन्द्र चौधरी, कोषाध्यक्ष निहाल अन्सारी, सचिव सन्तोष राउत कुर्मी र सहकोषाध्यक्ष प्रकाश गिरी रहेका छन । समितिको सदस्यहरुमा डिल बहादुर तुलाधर, एक बहादुर बानिया, विन्दु पावे, गंगा बहादुर कुँवर र भिमसेन शाह रहेका छन । निर्वाचित समितिलाई निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता माधव बास्तोलाले शपथ गराए ।

        सो साधारण सभाको शुभारम्भ गर्दै संघीय सांसद शिव नेपालीले राज्यले मेकानिक्सलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको र मजदुर विना विकास सम्भव नभएकोले अटो व्यवसाय व्यवस्थापनका लागि पोखरामा अनिवार्य अटोल्यान्ड आवश्यक रहेको बताए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले व्यवस्थित शहरका लागि अटोल्यान्ड आवश्यक रहेकोले नेपालका मुख्य शहरहरुमा व्यवस्थित ल्यान्ड विकास भैसकेकोमा पोखरामा हुन नसक्नु दुःखको विषय भएको बताए ।

        एसोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, बाग्मती प्रदेशका संयोजक बलराम भण्डारी, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक केदार पौडेल, पूर्व महासचिव ठाकुर गैरे, बुटवल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपाने, पूर्व अध्यक्ष यमप्रसाद भुसाल, हेटौँडा समिति अध्यक्ष आनन्दराज पौडेल, सल्लाहकार कृष्ण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी लगायतले धारणा राखेका थिए ।

        कार्यक्रममा जेष्ठ सदस्य एसोसिएसनका पूर्व अध्यक्ष सनत कुमार भट्टराई र पुराना व्यवसायी कुल बहादुर मगर लगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले महासचिव विष्णु अधिकारी र कोषाध्यक्ष अर्जुन उप्रेतीबाट प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्