कोभिड-१९ प्रकोपको महामारी रोकथाम तथा नियन्त्रणका लागि उपचार गर्न धुलिखेल नगरपालिकालाई सेभ द चिल्ड्रेनले स्वास्थ्य सामग्री र उपकरण सहयोग प्रदान गरेको छ । बुधबार एक कार्यक्रमका बिच धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुलाई नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभयो । विरामीहरुको लागि प्रयोग गर्ने हस्पिटल बेड ३० थान, अक्सिजन कन्सन्ट्रेट १ थान, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई सेट ३० थान गरी ९ लाख २२ हजार ८० मूल्य बराबरको सामग्री सेभ द चिल्ड्रेनले धुलिखेल नगरपालिकालाई सहयोग उपलब्ध गरेको छ । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, स्वास्थ्य इन्चार्ज सरदचन्द्र थापा, काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चका अध्यक्ष सचित खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
