हालै, हल्ट प्राइज एट काठमाडौँ विश्वविद्यालयले “गिभिङ ब्याक” नामक एउटा प्रेरणादायी परियोजना सञ्चालन गर्यो । यो कार्यक्रम हेल्प नेपाल नेटवर्क चिल्ड्रेन’स होममा आयोजना गरिएको थियो, जहाँ २४ जना प्रतिभाशाली बालिकाहरू बस्छन् । ती बालिकाहरू पञ्चकन्या आधारभूत विद्यालय र सञ्जीवनी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन्, उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर प्रयासरत छन् ।
कार्यक्रमको मुख्य उद्देश्य बालिकाहरूको जीवनमा खुसी ल्याउनु र उनीहरूको आत्मबल वृद्धि गर्नु थियो । बालिकाहरूलाई मनोरञ्जनका लागि क्यारम बोर्ड, चेस सेट, र लुडो खेल सामग्रीहरू प्रदान गरियो । यी सामग्री पाउँदा उनीहरूको अनुहारमा झल्किएको खुसी र उत्साहले यो प्रयासको महत्व स्पष्ट पार्यो ।
यसका साथै, विद्यार्थीहरूका लागि एउटा विशेष सत्र पनि सञ्चालन गरियो । यो सत्रले उनीहरूलाई उत्प्रेरणा प्रदान गर्दै, विश्वास निर्माण गर्ने र सामूहिक सिकाइको वातावरण सिर्जना गर्न मद्दत गर्यो । संवाद र आपसी अनुभव आदानप्रदानले बालिकाहरूलाई हौसला प्रदान गरेको थियो ।
“परियोजनाः गिभिङ ब्याक” परियोजनाले न केवल भौतिक स्रोतसाधन उपलब्ध गरायो, तर सम्बन्ध निर्माण गर्दै बालबालिकाहरूको समग्र विकासमा पनि योगदान पुर्यायो । यो प्रयासले साना तर अर्थपूणर् कामहरूले कसरी दीर्घकालीन प्रभाव पार्न सक्छ भन्ने सन्देश दियो । यो दिन सद्भाव, प्रेरणा, र सहयोगको उदाहरण बनेको थियो, जसले मानवताको शक्ति झल्कायो ।
लायन्स क्लव बनेपाको मुटु जाँच शिविर
लायन्स क्लव अफ काभ्रे बनेपाको आयोजनामा हरेक शनिबार मुटु जाँच क्लिनिक सञ्चालन गर्दै आएको छ । बनेपा हार्ट क्लिनिक लायन्स सर्भिस सेन्टर भैरब कुण्डमा हरेक शनिबार विहान १० बजे देखि दिउँसो १ बजेसम्म ५ बजे सम्म महिनाको पहिलो शुक्रबार दिउँसो ५ बजे सम्म बरिष्ठ मुटुरोग विशेषज्ञबाट मुटु जाँच गर्दै आएको कुरा क्लवका अध्यक्ष इश्वर महाजुले बताउनुभयो । शनिबार आयोजित मुटु परिक्षणको लागि इसीजी, ४० जना, इको १६ जना र मुटु परिक्षण सेवा लिने ९८ जनाले सेवा उपभोग गरेको कुरा पूर्व अध्यक्ष सरिता पलाञ्चोकेले जानकारी दिनु भयो । सुगर प्रेसरको परिक्षण गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष रामराजा धौभडेलले जनाउनुभयो । डाक्टर सूर्यराज पाठक डाक्टर र पुकार केसीले मुटुपरीक्षण गर्नु भएको थियो ।
