आजाद मावि क्।ी।ऋ २०३० समुहका अध्यक्ष शोकसुधार भैल सहितको ८७ जनाको टोलिले करीव ४ लाख आर्थिक संकलन गरेर चमेना गृह बनाई दिएको हो । आइतबार एक कार्यक्रमका बीच बनेपा नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारीकोे प्रमुख आतिथ्यतामा चमेना गृह कोठाको चावी प्रधानध्यापक श्यामकृष्ण मानन्धरलाई चावी हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले विद्यालय भौतिक पूर्वाधार निर्माणमा सम्पन्नता शैक्षिक गुणस्तरमा स्तर उन्नती गर्दै आएकोले शैक्षिक गुणस्तरमा स्तर उन्नती गर्दै गएकोले शिक्षक वर्गलाई धन्यवाद दिनुभयो । आजाद मावि क्।ी।ऋ २०३० समुहका अध्यक्ष सोक सुधार भैलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाशवहादुर कायष्ठले गर्नु भएको थियो ।
