भकुण्डे । शेयर सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा कार्यक्रम संचालन गर्दै आएको बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि. भकुण्डे सेवा कार्यालयले गत शनिवार नमोबुद्ध ४ को काफ्लेथोकमा सदस्य विस्तारित भेला तथा सहकारी सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संचालक सदस्य बुद्धिमाया लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभागिय व्यबस्थापक मित्रप्रसाद दाहालले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा वचतको महत्व, ऋणको सदूपयोगिता, संस्थाले दिने सेवा सुविधा, साधारण सभामा महत्व तथा सदस्यहरुको भुमिका र जिम्मेवारी, आधुनिक प्रविधि र यसको प्रयोग, सहकारी क्षेत्रमा हालै देखिएको समस्या र कारणहरुका साथै बिन्धवासिनी सहकारी संस्थामा कायम सुशासन र अवलम्वन गरिएका नीति नियमहरु लगायत विविध विषयमा जानकारी दिइएको थियो । स्थानीय ७० जना भन्दा बढी सदस्यको सहभागिता रहेको उक्त कार्यक्रममा भकुण्डे सेवा कार्यालय व्यबस्थापन उप समितिका कोषाध्यक्ष विदुरप्रसाद वर्तोला, कार्यालय व्यबस्थापक राजेन्द्र श्रेष्ठ लगायतले भकुण्डे कार्यालयबाट सदस्यहरुलाई प्रवाह गरेको सेवाका बारेमा चर्चा गर्नु भएको थियो । सेवा केन्द्रले छ हजार ४५ शेयर सदस्य र आठ सय २३ बाल वचतकर्तालाई सेवा दिई ४० करोड २२ लाख कारोबार गरेको जानकारी दिइएको थियो ।
काभ्रे जिल्लामा सबै भन्दा धेरै शेयर सदस्य रहेको बिन्धवासिनी सहकारी संस्थाले आफ्ना विभिन्न कार्यालयहरु मार्फत ५६ हजार तीन सय ४९ शेयर सदस्य र ११ हजार चार सय ५५ बाल वचत कर्ता गरी ६७ हजार आठ सयलाई सेवा प्रदान गरी ५३ करोड ६० लाख ७६ हजार शेयर पुँजी, तीन अर्व ८५ करोड दूइ लाख १७ हजार वचत र ५७ करोड ४१ लाख ६२ हजार जगेडा तथा अन्य कोष संकलन गरी पाँच अर्ब १३ करोड ३८ लाख २८ हजारको सम्पती तथा जायदात रहेको प्रगति विवरण समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
