धान्य पूणर्िमा (योमरी पूणर्िमा) को अवसरमा पनौति जेसिसको आयोना तथा पनौति पर्यटन विकास केन्द्र र मानेश्वरी ब्वाइज क्लवको सह आयोजनामा गत मंसिर २९ गते शनिबार पनौतिमा पहिलो पटक बागमति प्रदेश स्तरीय धिमे बाधा प्रतियोगीता सम्पन्न भएको छ । नेवारी कला संस्कृति जगेर्ना गर्न तथा नयाँ पुस्तालाई कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा काभ्रे, भक्तपुर, ललितपुरका १९ वटा टिम सहभागी भएका थिए । पनौति जेसिसका अध्यक्ष श्रीजन सुधाकरको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्रायणि धिमे खल ठिमी प्रथम, श्री राज गणेश धिमे खल द्वितिय, नास धिमे खल सुर्य विनायक तृतिय र ताथली धिमे खल चागुनारायणका टिमले सान्त्वना तथा नगद पुरस्कार र ट्रफि प्राप्त गरेका थिए ।
पनौती न.पा प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उप प्रमुख गिता बञ्जारा, नेपाल जेसिसका पूर्व अध्यक्ष विकास मानन्धर, वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकार, पर्यटन विकास केन्द्र पनौतीका अध्यक्ष पुरुषोतम कमाचार्य, पनौती जेसिसका संस्थापक अध्यक्ष सुरेस सैझु लगायत सामाजिक व्यत्तित्वहरुका साथै हजारौ सर्व साधारणहरुको उपस्थिती रहेको थियो । यस्ता कार्यक्रमहरुले कला संस्कृति जगेर्ना हुनुको साथै पर्यटन क्षेत्रमा टेवा पुग्ने कुरा पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कमाचार्यले बताउनुभयो भने पहिलो पटक आयोजना गरेको कार्यक्रमबाट आफु उत्साहित भएको र आर्थिक तथा व्यवस्थापनमा सबैको साथ र सहयोग पाएमा आगामी दिनमा राष्ट्रिय स्तरको कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा पनौति जेसिसका अध्यक्ष श्रीजन सुधाकरले बताउनुभयो ।
