सहकारी मार्फत दुधको उत्पादन स्वच्छ गुणस्तर मा हाम्रो पहिचान भन्ने मूल नारा बोक्दै २०५० सालमा स्थापना भई बिगत ३१ बर्ष देखि किसानको गोठदेखि उपभोक्ताको ओठ सम्म पुर्याउन अठोट लिई दुध संकलन गर्दै आएको संस्थाले आज संस्थाको २४औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
रोजगारीका लागी बिदेश नै जानुपर्छ भन्ने सोच बिकास भइरहेको समयमा स्वदेशमै स्वरोजगार बन्नका लागि सहकारीले अहम भुमिका खेलेको देख्न सकिन्छ । साधारणसभामा सेतीदेबी दुग्ध उत्पादक सहकारीका अध्यक्ष बिदुर कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, धुलिखेल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष नारायण बडाल, जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, दुग्ध बिकास संस्थानबाट प्रसाशन प्रमुख, साना किसान सहकारी संस्थाका अध्यक्ष, देउराली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष, जनउत्थान कृषि सहकारी बाट समेत साधारणसभामा उपस्थित भएका थिए । स्वागत मन्तब्यमा संस्थाका कोषाध्यक्ष बसन्त प्रसाद चौलागाईले यस सभामा आउनुभएका अतिथिहरुलाइ स्वागत गरेका थिए । देउराली दुग्ध उत्पादक सहकारीका अध्यक्षले दुग्ध बिकास संस्थानलाइ सरकारले ९० करोड ऋण उपलब्ध गराउदाँ पनि संस्थानले किसानलाई बिगत ६ महिनादेखिको भुक्तानी नदिएको भन्दै दुख ब्यक्त गर्नुभयो । एकै वडामा एकै प्रकारका संस्था स्थापना भएपनि किसानलाई सुबिधा दिने बिषयमा प्रतिस्पर्धा हुनु राम्रो कुरा बताए ।
त्यसैगरी संस्थाका पुर्ब अध्यक्ष तथा हाल सल्लाहकार चतुर्भुज तिमल्सिनाले बिगतमा संस्थाका ब्यवस्थापक स्व. राजन कोईराला तथा यसै बर्ष संस्थाका संस्थापक स्व. टिका बल्दभ सापकोटा, सल्लाहकार बिश्वमित्र चौलागाई हरुको मृत्युले संस्थालाइ ठुलो क्षति पुगेको पनि उल्लेख गर्नुभयो ।
संस्थाको साधारणसभामा उपस्थित प्रमुख अतिथि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले संस्थाले उत्पादन र कृषि क्षेत्रमा राम्रो काम गरेको त्यति पर्याप्त भने नरहेको ब्यक्त गर्नुभयो । समयको माग अनुसार हाम्रो उत्पादनलाई परिमार्जन गर्न सकेमात्र हाल भोगिरहेको समस्या समाधान हुने र बजारमा टिक्न सक्ने भन्दै दुग्ध बिकास संस्थान लगायत सेतीदेबी संस्थालाई बिगत ३० बर्ष देखि दुध उत्पादन र प्रशोधन मात्र बजारमा ल्याउदा बजारमा अन्य क्षेत्र पनि हेरेर बिजनेश प्लान बनाउन सल्लाह दिए ।
अन्तीममा संस्थाका अध्यक्ष बिदुर कोईराला ले सहकारीले उत्पादनको क्षेत्रमा जति काम गर्दापनि उत्पादनको उचित मुल्य भन्दा पनि बिगत ६ महिनादेखिको निजी र दुग्ध बिकास संस्थान बाट लगभग ६ करोड भुक्तानी नै नपाउदा किसानहरु पेशाबाट पलायन हुने डर भएको ब्यक्त गरे । किसानलाई हामिले अन्य संस्था बाट ऋण लिएर भएपनि भुक्तानि गरेकाले सस्थालाई असर परेको हुदाँ त्यस तर्फ राज्यको ध्यान जान जरुरी रहेको बताए । संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ३८ लाख ५८ हजार ६ सय बचत, कुल आम्दानी २५ करोड ६५ लाख ३२ हजार रहेको छ भने खर्च २५ करोड ३४ लाख २६ हजार रहेको कोईरालाले बताए ।
उक्त कार्यक्रममा संस्थाले सामुदायिक तथा निजी बिधालयबाट उच्च अंकका साथ उतिणर् हुने १।१ छात्र र छात्रा लाइ ६८ बर्ष उमेर पुरा भएका बृद्द नागरिक र राजन कोईराला स्मृति पुरस्कार मार्फत १ जना उच्च शिक्षामा उच्चतम अंक प्राप्त गर्न सफल छात्रा लाई समेत सम्मान गरेको थियो। उत्कृष्ट किसानका रुपमा धुलिखेल नगरपालिका २ का वडा अध्यक्ष श्री अर्जुन न्यौपाने समेत बार्षिक ६६ हजार लिटर दुध बिक्री गरी पुरस्कृत भएका छन् ।
संस्थाले गाई र्फाम सञ्चालन गरी उक्त र्फाम बाट १ कारेड ११ लख २८ हजार आम्दानी गरेको बताईएको थियो । वागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको बिउँ पुजी अनुदान रु २१ ला ९६ हजार ८ सय र संस्थाको रु २२ लाख ४८ हजार गरी जम्मा ४४ लाख ४४ हजार ९ सय बाट नमुना दाना उत्पाद शुरु गरीएको संस्थाका अध्यक्ष विदुर कोईरालाले बताए । संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षा प्रदान गर्ने, आपतकालिन सापटी, विरामी उपचार खर्च, काजकिरिया खर्च, सदस्य दुर्घटना विमा सेवा प्रदान गर्दे आएको कोईरालाले बताए । त्यसै गरी स्वच्छ दुध संकलन तथा विक्रिका लागि बिहान र बेलुका दुध संकलनलाई निरन्तरता दिने, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रसायनिक मल उपलब्ध गराउदै आएको, उत्कृष्ट किसान, विद्यार्थी, जेष्ठ नागरिक सम्मान, सहकारी शिक्षा शिबिर, पशु खोप र कृत्रिम गर्भाधारणलाई निरन्तरता, कृषक तालिम, उन्नत नश्लका गाईहरु उत्पादन गरी गाई तथा बाछीहरु किसानलाई उपलब्ध गराउने संस्थाका प्रबन्धक हरिहर अधिकारीले बताए ।
श्री सेतीदेबी दुग्ध उत्पादक सहकारी संस्था आफैँले गाई पालेर उच्च नश्लका गाईका बाच्छी तथा दुध उत्पालन गर्ने समेत गरेको र हाल यस फार्ममा साना ठुला गरि १०० वटा भन्दा बढी गाइ तथा बाच्छी रहेका छन् । यसका लागि सहकारीले एन एस एल आई पी समक्ष एक करोड ९३ लाख ५१ हजार ७१४ रुपैयाँ लागत प्राप्त गरेको थियो ।साथै यसै बर्षबाट संस्थाले दाना उधोग समेत सञ्चालनमा ल्याएको छ। गुणस्तरीय दाना कृषकहरुलाई उपलब्ध गराई उत्पादन तथा दिगो पशुको स्वास्थलाई टेवा पुर्याउने संस्थाको योजना रहेको छ ।
धुलिखेल नगरपालिका-२, रवीगाउँमा आधुनिक गाईगोठ फार्म निर्माण गरि नेपाल लाइभस्टक सेक्टर इनोभेसनको अनुदानमा सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले गाईपालन गरेको हो । सहकारीको उद्देश्य दूध उत्पादन नै हो, सँगसँगै उन्नत जातका गाई उत्पादन गरेर किसानलाई दिने ब्यवस्था मिलाएको छ, सहकारीका एक हजार एकसाठी सदस्य छन भने १८ जना कर्मचारी रहेका छन् ।
