IMG-LOGO

नेपाल पत्रकार महासंघकोे अध्यक्षमा निर्मला, बागमती प्रदेशमा सारु र काभ्रेमा बिनोदको नेतृत्व

 मंगल, पौष २, २०८१  ---

        नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा भारी मतान्तरमा निर्वाचित हुनुभएको छ । तीन दशकदेखि पत्रकारितामा रहनुभएकी शर्माले ४,२८२ मतसहित महासंघको अध्यक्षमा निर्वाचित भएर पहिलो महिला अध्यक्ष बन्ने इतिहास रच्नुभएको छ । शर्मा प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट निर्वाचित हुनुभएको हो । ७ दशकपछि पत्रकार महासंघले महिला नेतृत्व पाएको छ ।

        शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतवार राती घोषणा हुँदा शर्माले रमेश बिष्टलाई पराजित गरी महासंघको नेतृत्व लिनुभएको हो । निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जिीवि खनालले घोषणा गर्नुभएको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी हुनुभएको छ भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मतसहित सवैभन्दा बढी मत ल्याएर निर्वाचित हुनुभएको छ ।

        यस्तै उपाध्यक्ष समावेशीमा उमितप्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी हुनुभएको छ । यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार २९२ मतसहित बिजयी हुनुभएको छ । यस्तै खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, जनजाती सचिवमा सविन प्रियाशन चौधरी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा केसी लामिछाने निर्वाचित हुनुभएको छ ।

        नेपाल पत्रकार महासंघ बागमती प्रदेशमा कृष्ण सारु मगरले ४ सय ७२ मत प्राप्त गरे । मगरसँग प्रतिस्पर्धा गरेका नुवाकोटका शिव देवकोटाले ३ सय ६३ मत प्राप्त गरे । प्रेस चौतारी र प्रेस युनियन गठवन्धनका उम्मेदवार देवकोटालाई १ सय ९ मत अन्तरले हराउँदै मगर विजयी भएका हुन् । वर्तमान कार्यकालमा मगर महासचिव र देवकोटा अध्यक्ष हुन । समितिमा अन्य पदाधिकारीमा भने देवकोटा प्यानलका उम्मेदवार विजयी भएका छन् । कोषाध्यक्षमा शंकर अधिकारीले ४६९ मत ल्याइ विजयी भएका छन् र प्रदेश महिला सदस्यमा काभ्रेबाट सुनिता सापकोटा निर्वाचित भएकी छिन् । यसै गरी नेपाल पत्रकार महासंघ काभ्रेको २०८१ मंसिर २८ गते सम्पन्न १२ औं अधिवेशनले प्रेस युनियन काभ्रे र प्रेस चौतारी काभ्रेको साझा उम्मेदवार रहेका बिनोद न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्ष कपिल कोइराला निर्वाचित भएका छन् । प्रेस सेन्टर काभ्रेले अध्यक्षमा उम्मेदवार नदिई उपाध्यक्ष पदमा रामकृष्ण बञ्जारा चुनावी मैदानमा उत्रेका बञ्जारा कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्ष पदमा कोइरालाले ६८ मत प्राप्त गरी विजयी भएका हुन । प्रतिस्पर्धी बञ्जाराले १४ मत प्राप्त गरे । प्रेस सेन्टरले युनियनसँग उम्मेदवारी दिने अन्तीम सम्म पदको बार्गेनिङ गरेका थिए । प्रेस युनियन र प्रेस चौतारीले केन्द्रमा गरेको सम्झौता अनुसार काभ्रेमा भागवण्डाको आधारमा नै उम्मेदवारी दर्ता गनुपर्नेमा सचिव र कोषाध्यक्ष पदमा प्रेस युनियनकै बागी उमेद्वार परेको थियो । काभ्रे जिल्ला प्रेस चौतारीको भागमा परे अनुरुप अध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष पदाधिकारी सहित चुनावमा होमिएका थिए । महिला उपाध्यक्षमा सम्झना गौतम निर्विरोध निर्वाचित भएकी हुन । सविचमा नगेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएक छन् । समावेसी सचिवमा निरञ्जुल कायस्थ ५० मत प्राप्त गरी विजयी भए । सहसचिव देवराज केसी, खुल्लाबाट ५८ मत प्राप्त गरी निर्वाचित भए । समावेसी सचिवमा प्रेस सेन्टरका सुरज श्रेष्ठले उम्मेदवारी दिएका थिए उनले ३२ मत प्राप्त गरे । सहसचिव खुल्लामा केसीको प्रतिस्पर्धामा उत्रेका रोजन तामाङले २४ मत प्राप्त गरे । त्यसै गरी कोषाध्यक्ष पदमा केशवराज पौडेलले ६० मत प्राप्त गरी विजयी भए । हरेक अधिवेशनमा प्रेस युनियन काभ्रेबाट विद्रोही पक्ष प्रतिस्पर्धामा उत्रने गरेको छ । २०७४ जेष्ठ ६ गते भएको अधिवेशनमा नगेन्द्र अधिकारी सहितको टोलि विद्रोहमा उत्रेर विजयी भएको थियो । यस पटक प्रेस युनीयनका विद्रोही शिखर चिमोरिया कोषाध्यक्ष पदमा केशवराज पौडेलसँग प्रतिस्पर्धामा उत्रेर २० मत ल्याई पराजय भएका छन् । त्यसैगरी सचिवपदमा प्रेस युनियन कै शुभराज अधिकारीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिने अन्तिम सयम सिमामा शुभराजले उम्मेदवारी फिर्ता लिएपछि नगेन्द्र अधिकारी सर्वसम्वत निर्वाचित भएका हुन । सदस्यहरुमा ज्ञानमणी नेपाल ७१, मोहनकृष्ण तिमल्सिना ७०, रोषन तिमल्सिना ६६, विकास तिमल्सिना ६३, सरण प्रसाद हुमागाई ६०, पुरुसोतम ढकाल ५९ र रञ्जित बोहोराले ५६ मत प्राप्त गरी खुल्ला सदस्यमा निर्वाचित भएका हुन । शिवप्रसाद पन्त १८,प्रकाश दाहाल २० मत ल्याई सदस्यमा पराजय भएका छन्सविता न्यौपाने महिला सदस्य, चमार सिंह लामा आदीवासी जनजातिमा निर्विरोध निर्वाचित भएका छन् । सम्झना हुमागाई केन्द्रीय परिषद सदस्य महिला रामचन्द्र दनुवार केन्द्रीय परिषद सदस्य निर्विरोध निर्वाचित भए । प्रदिप केसीले केन्द्रीय परिषद सदस्यमा ५४ र प्रतिस्पर्धी प्रेस सेन्टरका प्रल्हाद शर्मा हुमागाईले १९ मत प्राप्त गरे । बागमती प्रदेश पार्सदमा क्रमशः भरत अधिकारी, राज्य लक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपोलियाय र रामहरी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्