विगत २ वर्ष देखि काभ्रे जिल्लामा सेवा गर्नु भएका काली जंग गण धुलिखेलका प्रमुख सेनानी प्रकाश बहादुर सिंहको फेरी भेटौला नयाँ आउनु भएका प्रमुख सेनानी शिव अधिकारीलाई स्वागत गरेको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा समन्वय प्रमुख दिपककुमार गौतमले राष्ट्र सेवक कर्मचारीले नागरिकहरुलाई छिटो छरीतो सेवा प्रवाह दिने र दुःख र आपद्मा परेकाहरुलाई सहयोग गर्नुपर्ने हुन्छ, भूकम्प, कोभिड-१९ बखतमा होस या बाढीपहिरोमा विपदमा परेका नागरिकहरुको समस्यालाई काभ्रेका सबै सम्बन्धीत निकायले आ-आप्mनो ढङ्गबाट सेवा गरेको र सेना, प्रहरी र शसस्त्र वलले विपद्मा महत्वपूणर् भूमिका खेलेको बताउनु भयो । नापी कार्यालय काभ्रेका प्रमुख अशोक कुमार भुषाल धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासीनीलाई स्वागत गरिएको थियो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, सहायक प्रजिअ सुवास पौडेल, धुलिखेल नगर उप-प्रमुख निराजन जंगम, जिल्ला स्थित कार्यालय प्रमुखहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
