IMG-LOGO

बहु–सरोकार मञ्चको जलवायु अनुकुलन सम्बन्धी बहस

 मंगल, मंसिर २५, २०८१  ---

 

     जलवायु अनुकुलनका लागि सक्रिय रुपमा काम गरिरहेको बहु-सरोकार मञ्चले बनेपा नगरपालिकाको जलवायु अनुकुलन नीतिनिर्माण तथा योजना तर्जुमा सम्बन्धि छलफल कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राकृतिक विपदका घटना न्यूनिकरणका लागि बनेपा नगरपालिकाले जलवायु अनुकुलन नीति बनाउने उँहाले बताउनुभयो । शाक्यले  जलवायुमैत्री नगर बनाउन सहयोग पुग्ने गरि योजना अनुसारको काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।बिशिस्ट अतिथि बनेपा नगर उप-प्रमुख विमला सापकोटा दाहालले बहुसरोकारवाला मञ्चको सुझावका आधारमा बनेपा नगरपालिकाले जलवायु अनुकुलन योजना बनाउने उल्लेख गर्दै  कुहिने र नकुहिने फोहोर वर्गिकरण गर्ने कार्य समेत सुरु गर्न लागिएको बताउनुभयो । महिला जागरण मञ्च बनेपा-४ नालाको आयोजना एब प्राकृतिक रिसोर्सेस सेन्टरको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, प्रशासकीय अधिकृत ध्रुवराज नेपाल, प्राकृतिक रिसोर्सेस सेन्टरका कार्यकारी निर्देशक प्रविण मान सिं, कार्यक्रम सहजकर्ता भवानी श्रेष्ठ, बहुसरोकार मञ्चमा आबद्ध ११ वटा संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्राकृतिक रिसोर्सेस सेन्टरका कार्यकारी  निर्देशक प्रविण मान सिं ले जलवायु परिवर्तनको असर, समस्या समाधानका लागि भइरहेका असल अभ्यास लगायतको बारेमा प्रस्तुतीकरण राख्नुभयो । उहाले  स्थानीय विकास निर्माणका कामलाई दिगो बनाउन, जलवायुजन्य विपदबाट नागरिकलाई सुरक्षित राख्न, जलवायु कार्यका लागि आएका अर्थ स्थानीय सरोकारवालासम्म पुर्याउन जलवायु सम्बन्धी नीति आवश्यक रहेको बताउनुभयो । कार्यक्रम अध्यक्ष निर्मला श्रेष्ठले स्थानीय स्तरमा उपलब्ध स्रोतबाट बनाइएको कम्पोष्ट मलले राम्रो उत्पादन दिन थालेको जानकारी दिदै कम्पोष्ट मल प्रभावकारी देखिएपछि रासायनिक मल प्रयोगकर्ताको संख्या समेत घटेको उल्लेख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्