IMG-LOGO

सामुदायिक साकोसका निर्वार्चित नयाँ समितिको पदस्थापना

 मंगल, मंसिर २५, २०८१  ---

 

     सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण सभाका प्रतिनिधिहरुको सभा तथा पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायीक सहकारीको निर्वाचनमा मुकुन्द शर्मा अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर,उपाध्यक्षमा भवानी थापा निर्विरोध निर्वाचित भएका थिए । जसको सचिव पदमा सरोजकुमार तिमल्सिना, कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् । जसको संचालक सदस्यहरुमा विकास पन्त, श्याम सापकोटा, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, मदन खकुरेल, भैरवप्रसाद सेढाई, कौशलराज खड्का रहेका छन् । महिला सदस्य संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की छन् । संचालक सदस्य दलित तथा जनजातीमा सुम्मिता नेपाली निर्विरोध भएकी छिन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ निर्विरोध भएका छन् । सदस्य पदमा भिमप्रसाद बञ्जारा निर्विरोध भएका छन् । आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । पदस्थापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य सुमन नेपाल, बागमती प्रदेश प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष निर्मला श्रेष्ठ, सल्लाहकारहरु, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना दिएका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्