IMG-LOGO

सहकारीका सञ्चालकहरुलाई निणर्य लेखन तालिम

 मंगल, मंसिर २५, २०८१  ---

     जिल्ला बचत संघ काभ्रे र नेफ्स्कूनको सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत निणर्य पुस्तिका लेखन तालिम शनिबार संघको सभाहलमा संघका महिला उपाध्यक्ष एवं शिक्षा तथा तालिम उपसमितिका संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।

     संस्थाका समिति पदाधिकारहरु र ब्यवस्थापन प्रमुखहरुलाई लक्षीत गरी संचालन गरिएको तालिममा २१ वटा सहकारी संस्थाहरुबाट २६ जनाको सहभागितामा रहेको थियो । तालिममा संघका संचालक ज्ञानु दाहालले स्वागत मन्तव्य राख्दै निणर्य लेखन संचालक देखी कर्मचारीहरु सबैले सिक्नै पर्ने तालिम भएको र यो सिप सिकेपछि एक अर्का विच जति आदान प्रदान गर्न सकिन्छ उत्तिनै निखारिने बताउदैँ उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष सागनाथ कपालीले देशको आर्थिक उन्नतीमा सहकारीले ठुलो टेवा पुर्‍याएको सहकारी अभियानमा लाग्ने अभियानकर्मीहरुले लोभ लालच नगरि सहकारी ऐन, नियमावलीको गहन अध्ययन गर्दै संस्थाको विनियम, नीति तथा कार्यविधिको दायरा भित्र रहेर निणर्य लेखन गर्नुपर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रभाबशालि ढंगबाट तालिममा सहजीकरण गर्नुभएका प्रशिक्षक कुमार खत्री र राधेश्याम दुवाललाई धन्यबाद ज्ञापन गरिएको थियो । संघका बरिष्ठ सहायक सुन्दिरा प्रधानले संचालन गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्