कृष्ण प्रणामी मन्दिर बनेपा नयाँ बस्तीमा बिश्व हिन्दु महासंघ बनेपा नगर समितिको तेस्रो नगर अधिवेशन बनेपा नगर समितिको अध्यक्ष राजेश पोटेको सभापतित्वमा तथा बिश्व हिन्दु महासंघ काभ्रे जिल्ला शाखाको उपाध्यक्ष मँजु आचार्य घिमिरेको प्रमुख आतिथ्यतामा, बिश्व हिन्दु महासंघ काभ्रे जिल्लाको सल्लाहकार बद्रीप्रसाद फुँयाल र सदस्य गोविन्दप्रसाद घिमिरेको बिशिष्ट आतिथ्यतामा सम्पन्न भयो । सचिव सिध्दिबहादुर कर्माचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुनमाया कर्माचार्यले आय व्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सचिव सिद्धिबहादुर कर्माचार्यले कार्यक्रम सँचालन गर्नु भएको सभामा प्रमुख अतिथि मँजु घिमिरेले शुभकामना मन्तब्य राख्नुभएको थियो । बिशिष्ट अतिथि बद्रीप्रसाद फुँयाल र गोविन्दप्रसाद घिमिरे र पण्डित उपेन्द्र सापकोटाले शुभकामना मन्तब्य राख्नुभएको थियो । सिद्धिबहादुर कर्माचार्यको अध्यक्षतामा २१ सदस्यीय बिश्व हिन्दु महासंघ बनेपा नगर समितिको पदाधिकारीहरु र सदस्यहरुको निर्विरोध निर्वाचित गरेको छ । यसैगरी अध्यक्षमा सिध्दिबहादुर कर्माचार्य, उपाध्यक्षमा पुनमाया कर्माचार्य र पिताम्बर दुलाल, सचिवमा श्रीकृष्ण घिमिरे, सहसचिवमा लक्ष्मण काफ्ले, कोषाध्यक्षमा कपिलप्रसाद दुलाल, सदस्यहरुमा हर्षनारायण कर्माचार्य, मोदनाथ दाहाल, कमला शर्मा, केशवप्रसाद घिमिरे, बिमला शर्मा, सुष्मिता तिमल्सिना घिमिरे, चक्रबहादुर खुलाल, रुक्मिणी राजभण्डारी र रामप्यारी नकर्मी आचार्य रहनुभएको छ । निर्वाचन समितिको संयोजक छविलाल दाहाल, नवराज तिमल्सिना र हरिप्रसाद पराजुली द्वय सदस्यहरु हुनुहुन्थ्यो ।
