इण्डेग रबर लिमिडेड इण्डीयाबाट उत्पादीत टायर रिसोलिङको लागि प्रयोग हुने खबरको सोरुम बनेपा-६ २८ किलोमा सञ्चालन भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा उपभोक्तालाई भेला गराइ जानकारी गराइको थियो । टायर रिसोलिङको लागि किफायति, गुणस्तरीय रबरको प्रयोग गरिएको टायर माइलेज रिसोलिङ प्रोसेसको बारेमा छलफल भएको कुरा सूर्यज्योती इण्डेग कर्पोरेटेड प्रा. लि. काठमाण्डौंका मार्केटीङ म्यानेजर पंकज अरोडाले बताउनु भयो । जी एस. सप्लायर्स बनेपा-६, २८ किलोमा गणेश बर्माले बस, ट्रक र ट्याक्टरको लागि प्रयोग हुने टायर रिसोलिङको रबर विक्री सोरुम शुक्रबारबाट सञ्चालनमा ल्याएको हो । इण्डेग रबरका सर्वेश अभैm, रमन शर्मा लगाएतको अतिथिको रुपमा रहेको कार्यक्रममा ३० जना उपभोक्ताहरुको सहभागीता रहेको थियो ।
