IMG-LOGO

ताम्राकार ब्रम्हायणी गुठीको सम्मान कार्यक्रम

 मंगल, मंसिर २५, २०८१  ---

 

     पनौती । गत शनिवार (मंसिर २२ गते) सम्पन्न ताम्राकार ब्रम्हायणी गुठीको अन्तर्गतको ताम्राकार ब्रम्हायणी शैक्षिक तथा सम्मान उप-समितिबाट आयोजित नवौं एसएलसी/एसईई तथा दश जोड दुई सम्मान कार्यक्रममा २०८०/८१ शैक्षिक सत्रमा दश जोड दुई उत्तिणर् गरेका ३ जना विद्यार्थीहरुलाइ गुठीका तर्पmबाट सम्मानपत्र एवं सगुन प्रदान गरियो भने गुठीयार बिक्रम ताम्राकारको सौजन्यतामा प्राप्त मायाको चिनो प्रदान गरियो । यस शैक्षिक सत्रमा एसईई परीक्षा उत्तिणर् गर्ने थिएनन् ।

     त्यसैगरी यसपटक दश जोड दुईमा सर्वोत्कृष्ट अंक ल्याउने शिरीष ताम्राकारलाई प्रयाग राज ताम्राकारको सहयोगमा नगद रकम सहित स्व. रामबहादुर ताम्राकार स्मृति पुरस्कार पनि प्रदान गरियो । उत्तम कृष्ण ताम्राकारद्वारा संचालित उक्त कार्यक्रममा प्रा.डा. सुमनराज  ताम्राकारले स्वागत मन्तव्य राख्नु भएको थियो । शैक्षिक तथा सम्मान उप-समितिका संयोजक लक्ष्मी कृष्ण ताम्राकारका सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तुयुकाजी ताम्राकार, विनोद ताम्राकार (ताम्राकार समाज पाटनका अध्यक्ष), पनौती वडा ७ का अध्यक्ष सबिन ताम्राकार, ताम्राकार ब्रम्हायणी गुठीका नायो विश्वनाथ ताम्राकारले आ-आफ्नो मन्तव्य राख्नु तथा कलाकार सन्तोष ताम्राकारले गीत प्रस्तुती गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्