IMG-LOGO

सेन्टलम एल्बम एकेडेमीको २० औं वार्षिक साधारण सभा

 मंगल, मंसिर २५, २०८१  ---

     सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुरको २० औं वार्षिक साधारण सभा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष  अमन पोटेको सभापतित्वमा शनिबार एक कार्यक्रम बीच  सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले अभिभावक, विद्यार्थी, शिक्षक तीनैसँग सम्बन्ध सुमधुर हुन जरुरी रहेको बताउनु भयो । विश्वका जुनसुकै ठाउँमा पनि सामुदायिक र संस्थागत विद्यालय सञ्चालन भएको बताउँदै अभिभावक र विद्यार्थीको रोजाइ अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयमा पढाउन पाउनु पर्ने उहाँले बताउनु भयो । १० हजार बेसी संस्थागत विद्यालय ३० प्रति विद्यार्थीले अध्ययण गरी गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेको उहाँले बताउनु भयो । विद्यालायका प्रिन्सिपल अग्नि प्रसाद ज्ञवालीले सन्चालन गर्नु भएको कार्यक्रममा सचिब ईश्वर  महाजुले शैक्षिक प्रतिवेदन, कोषाध्यक्ष भवसागर रन्जितकारले १ करोड ४३ लाखको आय ब्यय विवरण प्रस्तुत गर्नुभयो । ४ सय ९१ विद्यार्थी रहेको विद्यालयमा हालसम्म १ सय ९० जनाले क्भ्भ् मा सफलता हाँसिल गरेका छन् । एन प्याब्सनमा २ हजार ५ सय भन्दा बढी  विद्यालयहरु आबद्ध रहेको  बताइएको छ । २०७० सालबाट विद्यालयमा नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको हो । सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक रमेश प्रसाद न्यौपानेले मनत्व्य राख्नुभएको थियो । धन्यवाद ज्ञापन विद्यालयका उपाध्यक्ष सुरज श्रेष्ठले गर्नुभयो

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्