IMG-LOGO

बनेपाका जेष्ठ नागरिकलाई कम्बल र तन्ना वितरण

 मंगल, मंसिर २५, २०८१  ---

     बनेपा नगरपालिकाले नगर भित्र रहेका ८२/८३ उमेरका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । नगरका १ नम्बर देखी १४ नम्बर वडा सम्मका जेष्ठ नागरिकहरुलाई कम्बल, तन्ना, विस्कुट र कन्फेल्क्स लगाएतका सामाग्री सहित सम्मान गरेको हो । नगर प्रमुख शान्तिरत्न शाक्यले जेष्ठ नागरिकहरुको आर्शीवादका कारणले नै आफु यो ठाँउमा आउन पाएको बताउनु भयो । नगर प्रमुख शाक्य आपूmले सधै जेष्ठ नागरिक आमाबुबाहरुको अनुहारमा खुशी देख्न चाहेको बताउनु भयो । नगरपालिकाले गत वर्षबाट जेष्ठ नागरीकहरुका लागी निशुल्क दाँत राख्ने, मोतिबिन्दुको निशुल्क अप्रेशन, स्वास्थ्य परिक्षण र सम्मान गर्दै आएको शाक्यले बताउनु भयो ।

     कार्यक्रममा उप-प्रमुख विमला सापकोटाले नगर भरी ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नजिकैको तिर्थटान गर्ने बताउनु भयो । जेष्ठनागरिकहरुको सुविधाका लागी वडा वडामा स्वास्थ्य परिक्षण, बैक सम्म जान नसक्नेहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण जस्ता कार्य गरेको सापकोटाले उल्लेख गर्नुभयो । जेष्ठ नागरीक सम्मानलाई निरन्तरता दिने समेत उप प्रमुख सापकोटाले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा सामाजिक विकास समिती संयोजक चन्द्र बहादुर खड्का, जेष्ठ नागरीक बनेपा नगर संयोजक तथा निर्वतमान वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल लगाएतले जेष्ठनागरीकलाई सम्मान गर्नु पर्ने र जेष्ठ नागरिक हाम्रा भगवान भएको बताउनु भएको छ । कार्यक्रममा नगरका १ सय ३७ जना उक्त उमेरका जेष्ठनागरीकहरु रहेको बताईएको थियो भने कार्यक्रममा ७५ जना जेष्ठ सदस्यको उपस्थिती रहेकोमा बाँकीलाई वडा मार्फत सम्मान गरिने महिला विकास शाखा अधिकृत बिजया सुबेदीले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्