IMG-LOGO

नरेश भट्ट जेल चलान

 मंगल, मंसिर २५, २०८१  ---

     काभ्रेली चेली ममता काफ्लेलाई उनकै श्रीमान नरेश भट्टले अमेरिकामा हत्या गरेको र लास लुकाएको अभियोगमा जेल चलान भएका छन् । नरेश भट्ट विरुद्धको मुद्दाको अन्तिम सुनुवाई अब सन् २०२५ को सेप्टेम्बरमा हुने भएको छ । यो मुद्दाको सुनुवाई डिसेम्बर ९ मा हुने तय भएतापनि गत बुधबार प्रिन्स विलियम काउन्टीका न्यायाधीशले यो मुद्दाको सुनुवाई पछि सारेको फैसला सुनाएका हुन् । भट्ट विरुद्ध शव लुकाएको अभियोगमात्र लगाइएको भएतापनि जुरीले यसै साता उनी विरुद्ध पहिलो डिग्री हत्याको अभियोग लगाएको छ । भट्टलाई अपराधिक हत्या र शवलाई शारीरिक रूपमा काटेर गायब गरेको अभियोग लगाइएको अदालतका कागजातहरूमा उल्लेख गरिएको छ । उक्त अभियोग बुधबार अदालतमा पढेर सुनाइएको थियो । प्रहरीले गत महिना घरभित्र प्राप्त रगत ममताकै भएको डीएनए प्रमाणले पुष्टी गरेको बताएपछि भट्टविरुद्ध हत्या अभियोग लगाइएको हो । अब न्यायाधीशले उनीमाथि लगाइएका तीनवटै अभियोगलाई एउटै मुद्दामा समावेश गर्ने निणर्य गरेका छन् । जसले गर्दा कारबाही पछाडि धकेलिएको छ भने वकिलहरूलाई उनीहरूको मुद्दा तयार गर्न थप समय प्राप्त भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्