IMG-LOGO

मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमन विद्येयक चाँडै नै मन्त्री ः गुरुङ

 मंगल, मंसिर १८, २०८१  ---

               सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले स्वतन्त्रताका नाममा समाजमा अराजकता र हिंसा फैलाउन नहुने बताउनु भयो । मदानी विट डट कमको प्रथम बार्षिकोत्सवको अवसरमा धुलिखेलको हिमालय दृश्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले स्वतन्त्र प्रेस मर्यादा सिमा नाघ्नु नहुने तर्क गर्नुभयो । ‘सरकार प्रेस स्वतन्त्रताकै पक्षमा छ । संस्कृतिभित्र रहेर गर्नु पर्छ । समाजमा विद्धेष फैलाउने, अराजकता मच्चाउने खालको हुनु हुँदैन । समाजमा जातिय द्धन्द्ध फैलाउने खालको हुनु हुँदैन’–मन्त्री गुरुङ्गले भन्नुभयो ः ‘सामाजिक सञ्जालको प्रयोग, आईटीको सहजतासँगै अराजक बन्न थाल्यो । सामाजिक सञ्जालमा सामाग्री आएकै कारण नागरिकहरु ज्यान गुमाउनु पर्ने अवस्था पुग्नु प्रेस स्वतन्त्रता होइन मन्त्री गुरुङले भन्नुभयो ।

               सरकारपुर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ स्वतन्त्र प्रेसका नाममा भएका अराजकता नियमन तथा स्वनियमनका लागि मिडिया काउन्सिलगठनका लागि विधेयक अन्तिम चरणमा पु¥याउँदै कार्यान्वयन ल्याउने मन्त्री गुरुङ्गले बताउनु भयो । सामाजिक सञ्जाल प्रयोग, नियमन गर्ने विधेयक सरकारले प्रतिनिधि सभामा चाँडैनै पेस गर्छ ःमन्त्री गुरुङ्गले भन्नुभयो । ‘सरकारले धेरै काम गरेको छ । ‘गेम चेन्जर’ कार्यक्रम चार महिनामा नै सम्भव छैन उहाँको तर्क रहेको थियो । व्यवस्था परिवर्तन ग¥यौं २०१८, २०३७ कै ऐन कानुनमा रहेर विकास र सवृद्धि सम्भव छैन ः सार्वजनिक खरिद ऐन, शिक्षा ऐन समय परिस्थिति अनुसार बदल्दै जानुपर्नेमा सत्ताको फेखदलमै अल्मलिदाँ जनताका समस्या आवश्यकता ओझेलमा परेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । कार्यक्रममा गोकुल काभ्रेप्रति निधि सभा क्षेत्र नं. १ सांसद सूर्यमन दोङ, काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद एवं पूर्ण मन्त्री गोकुल बाँस्कोटा बागमती प्रदेश सांसद रत्न ढकाल, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तव्य मदानी विटका सम्पादक श्याम सापकोटाले राख्नुभएको थियो, कार्यकारी प्रमुख लक्ष्मण तिमल्सिनाले प्रमुख अतिथि पृथ्वी सुब्वा गुरुङलाई ठेकी र मदानी मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रमको सञ्चालन मिडियाका अध्यक्ष मोतिराम तिमल्सिनाले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्