IMG-LOGO

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनेपाले विमितको मन जित्यो

 मंगल, मंसिर १८, २०८१  ---

 

               जीवन अमूल्य छ त्यसैले जीवन विमा अनिवार्य छ भन्ने मुल नाराका साथ आत्मसाथ गरी जीवन विमा गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बनेपा शाखाले विमितको मन जित्दै कार्य गरेको छ । आ.व. २०८०÷०८१ प्रथम विमा शुल्कमा ७ करोड रहेको शाखाको १ हजार ५ सय विमित संख्या रहेको छ । अधिक नागरिकको मन जितेर विमित संख्या बढाएको मात्र नभई सर्वाधिक भरपर्दो र विश्वासीलो भएकैले नेपाल लाइफ इन्स्योरेन्सलाई मन पराएको कुरा शाखा अधिकृत राजेश लुँइटेलले बताउनुभयो ।

एजेन्सी मेनेजरलाई तालिम सहित सम्मान

               नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई बढीभन्दा बढी विमा गराएर अघि बढाउने एजेन्सी मेनेजरहरुलाई तालिम सहित सम्मान गरेको छ । शनिबार बनेपा शाखाले पन्चकन्या बैन्क्वेटमा सम्मान गरेको कार्यक्रममा १ सय ५७ जना विमा अभिकर्ता सहित एजेन्सी मेनेजरको उपस्थिति रहेको थियो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बागमती प्रदेशका प्रमुख सपुत चन्द्र खनालले प्रशिक्षण दिनुभएको कार्यक्रममा विशिष्ट अतिथि रेडियो एवीसीका अध्यक्ष एवं काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने हुनुहुन्थ्यो । विमित संख्या र विमाङ्क रकम धेरै भन्दा धेरै उपलब्ध गराउनु भएका एजेन्सी मेनेजर, अभिकताहरुलाई सम्मान गरिएको कुरा बरिष्ठ एजेन्सी मेनेजेर टिका नारायण श्रेष्ठले बताउनुभयो । एजेन्सी मेनेजर सविना थापा मगरका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विमितलाई गुणस्तरीय सेवा प्रदान गरी विमितको मनोभावनालई जित्नुका साथै देशकै सबैभन्दा धेरै विमा गर्ने कम्पनीको रुपमा परिचित भएको उल्लेख गर्नुभयो । बनेपा शाखाले हाल सम्म ३१ हजार भन्दा बढी विमा गरि सकेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बागमती प्रदेश प्रमुख एवं प्रमुख अतिथि सपुत चन्द्रखनालले उत्कृष्टता हाँसिल गर्ने एजेन्सी मेनेजर एवं अभिकर्ताहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गर्नुभयो । कार्यक्रममा एजेन्सी मेनेजर तथा अग्रज व्यक्तित्व रामवहादुर थापा लगाएतले मन्तव्य राख्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्