IMG-LOGO

विद्यार्थीहरुको लागि नेतृत्व र व्यक्तित्व विकास तालिम

 मंगल, मंसिर १८, २०८१  ---

               विजनेश एण्ड प्रोफेशनल वीमेन बनेपा शाखा, फेडेरेशन अफ विजनेश एण्ड वीमेन नेपाल र उग्रतारा वहुउद्देश्य सहकारी संस्थाको संयुक्त प्रयासमा विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ । आजाद मावि बनेपामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई जीवन जीउने कला, भविष्य निर्माणमा कसरी अघि बढ्ने, समय र तनाव व्यवस्थापन मोडयुलको प्रवन्ध कुनढङ्गबाट गर्ने सवालमा ४ दिने तालिम सञ्चालन गरेको कुरा विजनेश एण्ड प्रोफेशनल वीमेन बनेपा शाखा अध्यक्ष इश्वरी बादे श्रेष्ठले जानकारी दिनुभयो । प्रशिक्षकहरु सुवर्ण प्रजापति , शिला शर्मा र युवकराज घिमिरेले विद्यार्थीहरुलाई तालिममा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको समापन कार्यक्रममा विद्यालयको कक्षा १२ को छात्रा स्मा राईले भविष्य कसरी बनाउने, जीवनमा आफ्ना कमीकमजोरी कसरी सच्याएर अघि बढ्ने र जीवन सुखमय बनाउन तालिमबाट आफूले सिकेको विषय वस्तु कार्यान्वयन गर्ने बताउनुभयो । विपी डब्लु बनेपाकी उपाध्यक्ष सरिता पलाञ्चोकेले संस्थाले महिला शसक्तिकरण, स्वास्थ्य शिविर, महिला उद्यमीको विकास जस्ता कार्यहरु काभ्रेका स्थानीय सरकारसँग समन्वय गरेर कार्य गर्दै आएको बताउनुभयो । तालिमसमापन कार्यक्रममा रेडियो एविसीका अध्यक्ष रमेश प्रसाद न्यौपाने, उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिका प्रमुख कार्यकारी अधिकृत कृष्ण भक्त थापा, आजाद मावि बनेपाका प्रधानाध्यापक श्याम कृष्ण मानन्धर लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्