जिल्ला बचत संघको आयोजनामा १५ गते सम्म दुई दिवशीय महिला संचालकहरुको नेतृत्व विकास तालिम होटल उग्रचण्डीको सभाहलमा संघका शिक्षा तथा तालिम उपसमितिका संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
२१ वटा सहकारी संस्थाहरुबाट २७ जनाको सहभागिता रहेको तालिममा कार्यक्रममको उद्घाटन सत्रमा संघका सहायक कार्यकारी अधिकृत रवि कुमार के.सीले सहकारी ऐन २०७४, नियमावली २०७५ मा संचालक समितिमा ३३ प्रतिशत महिला संचालकहरुको आरक्षण व्यवस्था गरेता पनि धेरै सहकारीहरुमा निर्वाचनको वेला उम्मेदवारी नै नदिने र महिला उम्मेदवार खोजनु पर्ने पाई हाले पनि ३३ प्रतिशत पु¥याउन नै निकै गाह्रो भएको बताउनु भयो । संघका अध्यक्ष उदयराम कायस्थले सहकारी संस्थाहरु समस्या आउनुको प्रमुख कारण राज्य र नियामक निकायको सुपरिवेक्षणमा कमी, संस्थाको लेखा सुपरिवेक्षण समितिले आफ्नो जिम्मेवारी पुरा नगर्नु र सहकारी ऐन २०७४ को दफा ९९ बमोजिम संघहरुले संस्थाको अनुगमन नगर्दाको परिणाम केहि सहकारीका कारण आज समग्र सहकारी अभियानलाई गाह्रो भएको कुरा बताउनु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्र्दै प्रभावशालि ढङ्गबाट प्रशिक्षण गर्नुहुने प्रशिक्षक कल्पना श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्दै खादा र प्रशंसा पत्र संघका सल्लाहकार तिर्थ माया प्रधान र कार्यक्रमका सभापति निर्मला श्रेष्ठले प्रदान गर्नुभएको थियो । उदघाटन सत्रको कार्यक्रम संघका बरिष्ठ सहायक सुन्दिरा प्रधान र समापन कार्यक्रम संघका संचालक सदस्य ज्ञानु दाहालले संचालन गर्नुभएको थियो । तालिमको औचित्य, पृष्ठभुमि र उद्देश्यका बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।
