IMG-LOGO

बनेपामा दोस्रो नेपालभाषा साहित्य तःमुंज्या हुने

 मंगल, मंसिर १८, २०८१  ---

 

               नेपाल सम्वत् ११४५ थिंल्लागा षष्ठी (२०८१ पुस ६ गते) नेपालभाषा साहित्य तःमुज्या काभ्रेको आयोजनामा दोस्रो नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम अरनिको पार्टी प्यालेस भिमसेन मार्ग बनेपा–५ मा बिहान ११ः०० बजे देखि सुरु हुने भएको छ ।

               गत वर्ष २०८० मंसिर ११ गते प्रथम नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम लायकु बनेपामा भएको थियो । प्रचारप्रसारको क्रममा बनेपा लगायत सात गाउँमा साइकल ¥याली नवराज केसीको संयोजकत्वमा सम्पन्न भएको थियो । यस पटक निरन शाक्यको संयोजकत्वमा २०८१ पुस ५ गते साँझ ३ः०० बजे क्वबहाल गणेशस्थानबाट सुकुन्दा ¥याली सुरु भइ बनेपा नगर परिक्रमा पश्चात् तुकम्पो गणेशस्थान वाङ्ख्य टोल बनेपामा समापन हुने नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका सचिव ओमप्रसाद मानन्धरले बताउनुभयो । पुस ५ गते शुक्रबार हुने सुकुन्दा ¥याली र पुस ६ गते शनिबार हुने तःमुंज्यामा सहभागी हुन नेपालभाषा, साहित्य तथा संस्कृति प्रेमी महानुभावहरूलाई सादर उपस्थिति भइदिनुहुन सचिव मानन्धरले अनुरोध गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्