IMG-LOGO

रोशीको थान्सिङ्गवेसीमा विन्धबासिनीको सहकारी शिक्षा

 मंगल, मंसिर १८, २०८१  ---

               भकुण्डे । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि. भकुण्डे सेवा कार्यालयले राशी ७ स्थित थान्सिङ्गवेसीमा एक दिने सदस्य विस्तारित भेला तथा सहकारी सदस्य शिक्षा कार्यक्रम गत मंगलबार सम्पन्न गरेको छ । संचालक सदस्य सुनिता धिताल पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यालय व्यबस्थापक राजेन्द्र श्रेष्ठले सहकारी र बिन्धवासिनीको नीतिनियम तथा कार्यक्रम र सदस्यलाई प्रदान गरिने विभिन्न राहत सेवाका बारेमा प्रकाश पार्नु भएको थियो । ५० जना भन्दा बढी सदस्यको सहभागिता रहेको उक्त कार्यक्रम लेखा शाखा प्रमुख सन्तोष तिमल्सिनाले स्वागत मन्तव्य र सेवा कार्यालय व्यबस्थापन उप समितिका सचिव रामशरण श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । बिन्धवासिनी सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी र संस्थाको बारेमा सु–सूचित गराउनुकासाथै संस्थाको भावी नीति नियम निर्माणको लागि कार्यक्षेत्र भित्र रहेका सदस्यहरुलाई पाएक पर्ने स्थानमा भेला गरी नियमित रुपमा सदस्य विस्तारित भेला तथा सहकारी शिक्षा प्रदान गर्दै आएको कार्यालय व्यबस्थापक श्रेष्ठले जानकारी दिनु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्