बनेपा÷चैतन्य बहुमुखी क्याम्पस बनेपाको ८ ३३ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सोहि अवसरमा विभिन्न कार्यक्रमहरुमा उत्कृष्टहरुलाई पुरस्कृत गरिएको थियो । क्याम्पसका संस्थापक सदस्य राजभाई मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सम्बोधनको क्रममा बोल्दै मन्त्री खड्गीले सामुदायिक क्याम्पसहरुको संस्थागत विकास विद्यार्थीहरुलाई सिपसहित ब्यवहारीक ज्ञान प्रदान गर्नु पर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख जुजुभाई मानन्धरले क्याम्पसको बार्षिक प्रतिवेदन सहित शैक्षिक आरोह अवरोहको बारेमा गरिएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, बनेपा नगरपालिका पूर्व प्रमुख लक्ष्मीनरसिंह बादे, पार्वती क्याम्पसका अध्यक्ष विनोद तिमल्सिना, क्याम्पसका सभासदस्यहरु लक्ष्मी बस्याल, बुद्धभक्त रंजित, सेमन्तमणी भण्डारी लगाएतको आतिथ्यता रहेको थियो । +२ देखि मास्टर डिग्री सम्मको अध्यापन गराउँदै आएको चैतन्य क्याम्पसमा शैक्षिक सुधार कार्यमा ध्यान केन्द्रीत गरेको छ । कार्यक्रमको सञ्चालन राजेशराज महतले गर्नुभयो ।
