आज मिति २०८१।०८।१३ गते का.प.जि. धुलिखेल नगरपालिका ६ स्थितमा रहेको धुलिखेल अस्पताल काभ्रेपलाञ्चोकको सभाहलमा “हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत रहेर इऋःऋ धुलिखेल अस्पतालको आयोजनामा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा माईती नेपालकी संस्थापक अनुराधा कोईराला, जिल्ला प्रहरी कार्यालयका प्रमुख बसुन्धरा खड्का, बिभिन्न संघ संस्था, जनप्रतिनिधीहरु लगायत उपस्थितिमा लैंगिक हिंसा सम्बन्धी प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
