IMG-LOGO

अनेरास्ववियु काभ्रेले उत्कृष्ट आइडीया सार्वजनिक ग¥यो

 मंगल, मंसिर १८, २०८१  ---

               अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले उत्कृष्ट आइडिया सार्वजनिक गरेको छ । काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रममा उत्कृट १० आइडियाबाट सर्वोत्कृष्ट ४ आइडिया पुरस्कृत गरेको हो । अभिषेक सुवेदी सहित रिजेन नेपालको समुह प्रथम भएको छ । यस्तै नेपाल फिल्म समुहका विकल्प चौंलागाँई दोस्रो, यन्त्र किट समुहका तुषार ढकालको समुह र विद्या सागर स्कुल बनेपाका विद्यार्थीको समुह तेस्रो हुन सफल भएका छन् । सर्वोत्कृष्ट भएका आईडियाहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २०÷२० हजार नगद पुरस्कार उपलब्ध गराइएको छ ।

               कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडाल, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्ववियुका महासचिव नरेश रोकाया विद्यार्थी नेता मिलन गौतमको सहभागीता रहेको थियो ।

               कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले व्यवहारिक शिक्षा गरी खाने सीप सहितको व्यवहारिक शिक्षाले जीउन चलाउने सिकाउने बताउनु भयो । कार्यक्रममा बैंक तथा वित्तिय क्षेत्र, शिक्षक, विद्यार्थी लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन विमला तिमल्सिना र आयुष बडालले गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्