विजनेश एण्ड प्रोफेशनल वीमेन बनेपाले आजाद मावि बनेपामा १ दिने जनचेतनामुलक कार्यक्रम गरेको थियो । कक्षा १० र +२ का विद्यार्थीहरुलाई लौङ्गिक हिंसा विरुद्धको सवालमा जानकारी गराइएको थियो । द्यएध् बनेपाका अध्यक्ष इश्वरी बादे श्रेष्ठ, ँद्यएध् नेपालका कार्य समिति सदस्य सुवर्ण प्रजापति, द्यएध् ठिमीका सदस्य शिला शर्मा र आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम कृष्ण मानन्धरले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो । द्यएध् बनेपाका उपाध्यक्ष सरिता पलाञ्चोके, सचिव रजुला मानन्धर, सदस्य रश्मी श्रेष्ठ र समिता राजवंशीको उपस्थिति रहेको थियो ।
