काभ्रे माध्यमिक विद्यालयको आयोजनामा बनेपा बुडोलमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय पावरपोइन्ट प्रेजेन्टेशन प्रतियोगिता (म्ष्कतचष्अत ीभखभ िक्ष्लतभच क्अजयय िएयधभचउयष्लत एचभकभलतबतष्यल अयmउभतष्तष्यल) शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं यूनिभर्सिटी हाई स्कूल प्रथम, काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय, पनौती द्वितीय, प्रगति प्रभात एकेडेमी बनेपा तृतीय र विद्या सागर स्कूल बनेपा चौथों स्थान हासिल गरेका थिए । विजेता विद्यालय तथा विद्यार्थीहरुलाई विद्यालयको प्रिन्सिपल कुमार मानन्धरले ट्रफी, सहायक प्रिन्सिपल द्वय केशव श्रेष्ठ र विकास श्रेष्ठले प्रमाणपत्र तथा पदक प्रदान गर्नुभएको थियो । प्रतियोगिता कार्यक्रम विद्यालयका शिक्षक श्यामकृष्ण मानन्धरको संयोजकत्वमा भएको थियो ।प्रतियोगितामा जिल्लाका संस्थागत १६ विद्यालयको सहभागिता रहेको थियो ।
