IMG-LOGO

धुनपा–८ मा आणविक अनुशन्धान केन्द्र निर्माण गर्नुपर्छ नागर प्रमुख ः व्याञ्जु

 मंगल, मंसिर १८, २०८१  ---

               श्री जनचेतना युवा समुह धुलिखेल–८ बडाल गाउँको ३० औं साधारण सभा सस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा तथा धुलिखेल नागरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुको प्रमुख आतिथ्यतामा सनिबार सम्पन्न भयो । संस्थाका उपाध्यक्ष रमेशप्रसाद बडालले स्वागत मन्तव्य राख्नु भयो।सचिब नवराज बडालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवीन बडालले आब २०८०÷२०८१ लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो । ६५ हजार ७ सय २३ आय ब्यय विवरण प्रस्तुत भएको कुरा सह सचिव मोहन गजुरेलले बताउनु भयो । प्रमुख अतिथी ब्यान्जुले बिकास सबैको साझा हो भन्ने चेतना फैलाउँदै एकताबद्द भइ अघि बढेमा बिकास र समृद्धि तीब्ररूपमा हुने बताउनु भयो जनचेतना सस्थाले स्थानीय ब्याक्तीको बिश्वास जितेकै कारण वडाको समग्र बिकासमा समन्वयत्मक भुमिका र सस्थाको स्थाइत्व सम्भब भएको कुरा प्रमुख अतिथी ब्यान्जुले उल्लेख गर्नु भयो । पूर्वाधार विकास सडक, खानेपानी व्यवस्थित गर्न नगरपालिका निरन्तर लागि परेको प्रमुख अतिथि व्याञ्जुले बताउनु भयो । यसै वडामा रिसर्चको लागि आणविक केन्द्र बनाउन प्रक्रियागत कार्य सुरु गरेको यसको सम्पन्नताले यस क्षेत्रको बिकासमा कोशे दुङ्गा सावित हुने प्रमुख अतिथि व्याञ्जुले धारणा राख्नुभयो । वडा अध्यक्ष बिनोद गौतमले आफू निर्वाचित भएपछि भौतिक पुर्बाधार बिकासले गति लिएको बताउनु भयो । संस्थाका सस्थापक अध्यक्ष उद्दब प्रसाद बडाल र पुर्ब अध्यक्ष सधुराम बडालले मन्तव्य राख्नु भएको थियो । २०५३ सालमा स्थापना भएको सस्थामा हाल सम्म १ सय ४७ आजीवन सदस्य रहेका छ्न।एक हजार एक तिरेपछि आजीवन सदस्य बन्न सकिने छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्