IMG-LOGO

सपनाको कुरा

 मंगल, मंसिर १८, २०८१  – उपेन्द्र सुब्बा

हिजो राती सपनामा

तागेरानिवाफुङ्माङ आएर

यसो भनिन्–

ल कान्छा

जे छोइस् तेरो भो ।

तब मैले

माटो छोएँ,

ढुङ्गा छोएँ,

हावा छोएँ,

पानी छोएँ,

खोला छोएँ,

आगो छोएँ....

सप्पैसप्पै मेरो भयो ।

र स्वयम्लाई छुन खोज्दा बिम्झिएँ

बाँकी रात निन्द्रा लागेन

छुकछुक्क लागिरह्यो ..

तिमीलाई छुनु थियो, कसो छोइनँ ।

(नोटः– तागेरानिवाफुङ्माङ– लिम्बु जातीमा स्वय)

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्