IMG-LOGO

विपद्पछि संकट उत्पन्न भएको खानेपानी ल्याउने सहमति

 मंगल, मंसिर १८, २०८१  ---

               धुलिखेल गत असोज १०–१२ गते परेको अविरल वर्षातका कारण धुलिखेल सदरमुकाममा ल्याएको खानेपानी अवरुद्ध हुँदा धुलिखेल र पनौती क्षेत्रमा खानेपानीको हाहाकार भएको दुई महिनापछि विपद्ले क्षति पु¥याएको खानेपानीको पाईप, ट्याङ्की लगायतका संरचना पुर्ननिर्माण गरी खानेपानी सूचारु गर्ने सहमति भएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुखहरु निराजन जंगम र गिता बञ्जारा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णभुषण खोँजु श्रेष्ठ र पनौती १२ का अध्यक्ष जयराम केसीले पाँच बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

               सम्झौतामा उल्लेख गरिएका बुँदाहरुमा असहति भए वा समस्या भएमा तत्कालै संयुक्त बैठक बसी समाधान खोज्ने प्रतिवद्धताहरु जाहेर गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैठकको सहजीकरण र समन्वय गर्नुभएको थियो ।

               सहमति अनुसार दीर्घकालीन खानेपानीको ब्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालिन खानेपानी समस्याको समाधान गर्ने, पनौती नगरपालिकाको भौतिक संरचनामा भएको अत्याधिक क्षतिका सन्र्दभमा पुनःनिर्माणको लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त प्रयासमा आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालको लागि पनौतीको खानेपानी समस्याको समाधान गर्न पहल गर्ने, खानेपानीको श्रोत ब्यवस्थापन अर्काे ब्यवस्थापन नहुञ्जेल पनौती नगरपालिका वडा नम्वर १२ को बैर महादेव मुलडोलको श्रोतबाट पनौती बजारमा खानेपानीको ब्यवस्थापन गर्ने, काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको श्रोत पनौती नगरपालिका वडा नम्वर १२ बैर महादेवको श्रोत एकिकृत खानेपानी आयोजना सम्पन्न हुँदा बैर महादेवको मुलडोलको श्रोतमा समाहित गर्ने र पनौती १२ कलाति भुमिडाँडा एकिकृत खानेपानी उपभोक्ता समितिको एक घर एक धारा अभियानलाई धुलिखेल खानेपानी उपभोक्ता समितिले निर्माण गर्ने सहमति भएको धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्