IMG-LOGO

लागु औषध ब्राउन सुगर सहित तीन प्रक्राउ

 मंगल, मंसिर १८, २०८१  ---

               लागु औषध ब्राउन सुगर साहित तीन जना पक्राउ परेका छन् । धुलिखेल नगरपालिका वडा नं. ९ अस्थायी प्रहरी पोष्ट विपी राजमार्ग सडक खण्डमा चेक जाँचको क्रममा लागु औषध नियन्त्रण व्यूरो काठमाण्डौ र काभ्रे प्रहरी टोलीले पक्राउ गरेको हो । सवारी चेक जाँच गर्ने क्रममा भकुण्डेबेसीबाट धुलिखेल तर्फ जाँदै गरेको काठमाण्डौ शंखरापुर नगरपालिका वडा नं. ९ बस्ने अभिषेख राजबहाकले चलाई आएको सवारी साधनमा वर्ष ३२ को किशोर थापा, वर्ष ३१ को विराट थापा आएको बा १५ च २३५६ नं को स्कारपियो गाडीमा चेक जाँच गर्ने क्रममा प्रक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले काभ्रे टाइम्सलाई बताउनु भयो । खानतलासीको क्रममा बिराट थापाको साथबाट ः–ज्इच्क्भ् कम्पनीको मोबाइल १ थान, किशोर थापाको साथबाट क्बmकगलन कम्पनीको मोबाइल १ थान साथै लागु औषध प्रहरीले बरामत गरेको हो । पक्राउ परेका तीन जनालाई आइतबार जिल्ला अदालतमा ५ दिन म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्