६५ बर्षदेखि निरन्तर रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शीर मेमोरियल अस्पताल बनेपा सुदृढ हुँदै अघि बढेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरको पहलमा शुक्रबार अस्पताललाई अत्यावश्यक रहेको दुई थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । मन्त्री किरणको पहलमा अस्पताललाई ७० लाखभन्दा धेरै मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
अस्पतालको मेडिकल प्रमुख डा. एन्जेला बस्नेतले भेन्टिलेटरले धेरै नागरिकको धारणा ज्यान जोगाउने व्यक्त गर्नुभयो । शीर मेमोरियल अस्पतालका प्रमुख डा.हेक्टर गायसले न्यूनतम शूल्कमा डाक्टरले आफ्नो अस्पतालबाट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले मृगौलाको डाइलाइसिस गर्नको लागि आवश्यक उपकरण ल्याउने तयारीमा जुटेको बताउनु भयो ।
बनेपा नगरपालिकाको मेयर शान्तिरत्न शाक्यले आफू स्वास्थ्य सेवाको पहुँच सकारात्मक रुपमा अघिबढेको बताउनु भयो । बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले शीर मेमोरियल अस्पताल निरन्तर रुपमा जनताको स्वास्थ्य सेवाको सवालमा ध्यान केन्द्रीत गरेको बताउनु भयो । स्वास्थ्य सेवामा निरन्तर लागेको हिक्याफ संस्थाका महेश नकर्मीले कोभिडपछि आफ्नो संस्थाको पहलमा नेपालमा २६५ वटा भेन्टिलेटर ल्याएकोमा यो दुई वटा शीर मेमोरियल अस्पतालमा हस्तान्तरण गरेको जानकारी दिनु भयो ।
