IMG-LOGO

ज्योति मिर्मिरेमा पुनः उद्धवको नेतृत्व

 मंगल, मंसिर ११, २०८१  ---

         ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीको २५ औं साधारण सभा सस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा तथा राष्ट्रिय सहकारी महासंघका संचालक परितोष पौडेलको प्रमुख आतिथ्यतामा २०८१ मंसिर ५ गते सम्पन्न  भयो।पुरुष शेयर सदस्य ९,१८८, महिला शेयर सदस्य ९,१०३ सस्थागत ३५ जम्मा सदस्य १८,३२६ बाल बचत कर्ता  सदस्य १७,२५ गरि २० हजार ५१ सदस्यबाट १२ करोड ३१ लख ८हजार ७०० रहेको कुरा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनु भयो । बचत निक्षेप ९५ करोड १० लाख ६० हजार १७८, ऋण लगानी ९२ करोड ६२ लाख ६१ हजार १४१ रहेको कोषध्यक्ष पुर्णराम तुलाधरले जानकारी दिनु भयो सचिव बुद्ध सिह थापाले प्रगति प्रतिबेदन र आगामी वर्षको कार्य योजना प्रस्तुत  गर्नु भयो । लेखासुपरिवेक्षण  समिती संयोजक भिमसेन के. सी. ले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भयो।बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष  जिबसराज खड्का, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ लगाएतको आतिथ्यता रहेको थियो । उक्त साधारण सभाले उद्धव सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशनबाट उपाध्यक्षमा कान्छीमैया थापा कार्की, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर निर्विरोध भएका छन् । महिला सदस्यहरुमा शोभा हाडा, पवित्रा सापकोटा, मनिला केसी निर्विरोध भएका छन् । संचालकहरुमा भुगोल तर्फ शिवराज श्रेष्ठ पाँचखाल, सरिता गिरी धुलिखेल, सविता बज्राचार्य बनेपा, लोकेन्द्रकुमार सापकोटा पनौती, भिमप्रसाद बञ्जारा पनौती, उमा थापा पनौती, सुर्यकुमारी तामाङ पनौती, रामप्रसाद तिमल्सिना बेथान्चोक रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी र सदस्यहरुमा कुमार बस्नेत र राजुप्रसाद तिमल्सिना सदस्य रहेका छन् ।

         पुर्व अध्यक्ष कृष्ण सापकोटाको संयोजकत्वमा निर्वाचित समिति गठन भएको थियो । सपथ ग्रहण कार्यक्रममा पुर्व सल्लाहकारहरु, सहकारी क्षेत्रका विभिन्न तहका नेताहरु तथा सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा बागमती प्रदेश सहकारीका महासचिव गोविन्द काफ्ले, सदस्य विकास बादे, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष दिलिप जंगम, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य राख्नु भएको थियो ।

         जमिन तथा फर्निचर ४ करोड ८२ लाख ५१ हजार ८ सय २२ रुपैयाको रहेको छ । सभामा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालका अनुसार शेयर सदस्यलाई विभिन्न क्षेत्रको सुविधा उपलब्ध गराउँदै गर्भ देखि मृत्यसम्मका सुविधामा सहजिकरण गरिएको बताउनु भयो । संस्था २५ वर्ष पुगेको अवसरमा २५ वटा नै कार्यक्रम गर्ने गरी स्थापना दिवसमा घोषणा गरिएको छ ।

         उक्त कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारीमा पार्वती हुमागाइ जेएम एस सहकारी अवार्ड परीतोष पौडेल विशिष्ट सदस्य अवार्ड मुकुन्द थापा, उत्कृष्ट सेवा केन्द्र कुशादेवी सेवा केन्द्र सम्मानित भएका छन् । त्यस्तै गरी उत्कृष्ट ऋणी उत्कृष्ट बचत कर्ता उत्कृष्ट बाल बचत कर्तालाई समेत सम्मा गरेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्