IMG-LOGO

नमोबुद्धका बादी पहिरो पिडीतलाई नगद राहत

 मंगल, मंसिर ११, २०८१  ---

         गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा पछि आएको बाढीपहिरोले अत्याधिक क्षति गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा पीडितहरुलाई नगद राहत वितरण शुरु गरिएको छ । गत मंगलबार युनिसेफ नेपालको सहयोग र नेपाल सरकारको समन्वयमा नगरभित्रका पीडितहरुलाई राहत वितरण शुरु गरिएको हो । उक्त नगरको वडा नम्बर ६ थानसिंङवेशीमा आयोजना भएको कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिसा सकुन्ना र नगरप्रमुख कुन्साङ लामाले पीडितहरुलाई नगद राहत स्वरुप वितरणको शुरुवात गर्नुभएको थियो । पीडितमध्ये ५ जनासम्मको परिवारलाई १५ हजार र त्यसभन्दा बढी परिवार सदस्यलाई २० हजार दिइने नेपाल सरकारको निर्णयबमोजिम नमोबद्ध नगरपालिकाका ८६० पीडितलाई नगद वितरण थालिएको हो । नगरपालिकामा रहेका पीडितहरुमध्ये ४५३ परिवारलाई १५ हजारको दरले तथा ३९२ परिवारलाई २० हजारको दरले नगद वितरण हुनेछ । नगरपालिकामा ४६४ घर पूर्ण क्षति, १०९३ घर आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क नगरले सार्वजनिक गरेको छ । कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिसा  सकुन्नाले अब नगद वितरणसँगै पुनर्निर्माणमा पनि सँगसँगै हातेमालो गर्न तयार रहेको बताईन । युनिसेफले उक्त नगरपालिकाका खानेपानी, सडक निर्माण लगायतका पूर्वाधार निर्माणमा पनि सहयोग शुरु गरेको छ । सहयोगी संस्थाप्रति नगरप्रमुख लामाले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा वडानम्बर ६ का वडाध्यक्ष टीकाबहादुर केसीले विपदमा सहयोगी बन्ने युनिसेफ प्रति नगरपालिका ऋणी रहेको र नगरमा दोहोरो राहत वितरण नहुने गरि काम गर्न आफूहरु सक्रियता पूर्वक लागिरहेको उल्लेख गर्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्