IMG-LOGO

शिक्षा सदन स्कूलको ६३ औं वार्षिकोत्सव

 मंगल, मंसिर ११, २०८१  – हरिनाथ न्यौपाने

         शिक्षा सदन माध्यमिक विद्यालय बनेपाकोे ६३ औ बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमसुन्दर श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले शिक्षामा गुणस्तर ल्याउने गरी योजनावद्ध रुपले कार्य गरिरहेको बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमसुन्दर श्रेष्ठले विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहयोग र समन्वयमा विद्यालयको गुणस्तरलाई अझै अघि बढाउन भूमिका खेल्ने उल्लेख गर्नुभयो । शिशु कक्षा देखि कक्षा १२ सम्म पठनपाठन संचालन गरेको उक्त विद्यालयमा ६ सय भन्दा धेरै विद्यार्थीहरु रहेका छन् । बार्षिकोत्सव कार्यक्रमको अवसर पारेर अभिभावक भेला तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, निवर्तमान वडा अध्यक्ष दानबहादुर मानन्धर, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले विद्यालयलाई शुभकामना दिनुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले आगामी योजनाका बारेमा जानकारी दिनुभयो । उक्त अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्थाहरु, ब्यक्तिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी र विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्