IMG-LOGO

एकाउन्टबिलिटी ल्याब नेपालको समिक्षा कार्यक्रम

 मंगल, मंसिर ११, २०८१  ---

         काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा काम गरिरहेको एकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बनेपा नगरपालिकामा युवा केन्द्रीत परियोजनाको समिक्षा, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई तथा हासिल गरेको उपलब्धीको बारेमा समिक्षा गरिएको हो । बनेपा वडा न. ५ का अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा संचारकर्मी,लक्षित युवा तथा नागरिक समाजका अगुवाको उपस्थितीमा सम्पन्न कार्यक्रममा एकाउन्टबिलिटी ल्याब बनेपाका फ्रन्ट लाईन एक्टिभिक्ट्स केशवराज पौडेलले परियोजनाले गरेका क्रियाकलाप, बजेट,उपलब्धीको बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख अतिथि बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले सूचनामा युवाको अवस्था के छ भनेर संस्थाले सर्भे गरेर नगरमा जानकारी गराएको, टाउन हल र मिनी मिटिङ मार्फत युवाको समस्याको बारेमा बनेपा नगरपालिकालाई पटक पटक जानकारी गराएको भन्दै यसले बनेपा नगरपालिकालाई सहयोग पुगेको बताउनुभयो । युवालाई सिपमुलक तालिम संचालन गरिरहनु भएका मोहनकृष्ण गजुरेलले युवासँग सम्बन्धित रहेर एकाउन्टबिलिटी ल्याबले संचालन गरेका क्रियाकलाप र छलफलले युवामा स्थानीय तहसँग सूचना लिने, आफ्नो बारेमा बजेटको कार्यान्वयन कसरी भएको छ भनेर जिज्ञासा राख्न थालेको बताउनुभयो । संचारकर्मी राजकुमार पराजुलीले एकाउन्टबिलिटी ल्याबको सक्रियता पछि युवालाई समेटेर युवाका हक अधिकार स्थापित गराउन प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्