जिल्ला प्रहरी कार्यालय काभ्रे र धुलिखेल वडा नं. ८ का बाल सञ्जालको समन्वय र सहकार्यमा बालयौन दुरव्यवहार, साइवर सुरक्षा, बाल विवाह, सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार एक कार्यक्रम गरी सरस्वती माध्यमिक विद्यालयका शिक्षक वर्गर कक्षा ६ देखि १० कक्षाका विद्यार्थीहरुको लागि साइवर सुरक्षा र बालविवाह सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको कुरा विद्यालयका प्रधानाध्यापक रमेश बडालले बताउनु भयो ।
