IMG-LOGO

आइजिपि फुटवल रनिङ्ग ट्रफी मंसिर १८ बाट प्रारम्भ

 मंगल, मंसिर ११, २०८१  ---

 

         ३० औं संस्करणको आइजिपी फुटबल रनिङ ट्रफी यही मंसिर १८ गतेदेखि नेपाल पुलिस स्कुल सागाँ, काभ्रेमा हुने भएको छ । प्रतियोगितामा १७ विद्यालयका १८ टिमले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित नेपाल पुलिसकै अन्य स्कुलहरु (सामाखुसी, धरान, दाङ र चितवन) सहित काभ्रे र काठमाण्डौ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहनेछ। लिग कम नकआउट आधारमा सञ्चालन हुने यो प्रतियोगिता पौषको दोस्रो सातासम्म चल्नेछ ।

         प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ६०,०००, रु. ४०,००० र रु. २०,००० जित्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ । यस वर्षदेखि खेलाडीहरूको सुरक्षामा ध्यान दिँदै बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्