IMG-LOGO

बनेपा ५ र ७ नं. वडामा नगर स्वास्थ्य भवन बन्ने भो

 मंगल, जेठ २५, २०७८  ----


बनेपा, नगरबासीहरुको स्वास्थ्यमा सुधार ल्याउन गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यका साथ बनेपा  नगरपालिकाले नगर भित्रका  सबै वडामा वडा स्तरको स्वास्थ्य भवन शिलान्यास शूरु गरेको छ । बनेपा वडा नं. ५ चण्डेश्वरी बालसदन स्कुल सँगै  नगर स्वास्थ्य भवनको नगर उपप्रमुख  रेखा सापकोटा दाहालले हिजो सोमबार शिलान्यास गरिन् । त्यस्तै गरी बनेपा वडा नं. ७ को नगर स्वास्थ्य भवन जगनाथ मार्ग पुरानो तरकारी बजार नजिकै करीब  २ रोपनी जग्गामा बन्ने भवनको वडा अध्यक्ष बणर् शाक्यले शिलान्यास गरे । स्वास्थ्य मन्त्रालयले बनेपाको ८ वटौ वडामा ५ करोड विनियोजन गरेको नगर स्वास्थ्य भवनमा एक वडालाई ६२ लाख प्रदन गरेको छ । नगर स्वास्थ्य भवन निर्माणको लागि बनेपा नगरपालिकाले २० प्रतिशत रकम व्यहोर्ने कुरा बनेपा वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले बताए । बनेपा वडा नं ५ करिव २ रोपनी जग्गामा ४ कोठाको १ तले भवन ५२ लाख लागत मुल्यमा बन्न लागेको उक्त भवन असाढ मसान्त भित्र बनी सक्ने जनाएको छ । भवन शिलान्यास कार्यक्रममा नगर स्वास्थ्य भवन निर्माण समितिका अध्यक्ष प्रधुप्न थापा, बनेपा वडा नं ५ का जनप्रतिनिधि, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका युवा नेता एवं गुरुजो अभियान कर्ता मुक्ती विष्ट र स्थानीयहरुको सहभागिता रहेको थियो । त्यस्तै गरी बनेपा वडा नं ७ को नगर भवन शिलान्यास कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष मोहन श्रेष्ठ, ७ नं वडा सदस्य अनिल भैल, रामप्यारी श्रेष्ठ, वडाका बुद्धिजीवी र स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्