IMG-LOGO

उमंग साकोसको आम्दानी २ करोड १३ लाख

 मंगल, मंसिर ११, २०८१  ---

         उमंग बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ८ औँ साधारण सभा संस्थाका अध्यक्ष उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष मोहनकाजी मानन्धरले स्वागत गर्नु भएको कार्यक्रममा सचिव सुमित्रा श्रेष्ठ बादेले प्रगति तथा आ.व. ०८१÷०८२ को कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष बालकाजी मानन्धरले लेखा परीक्षण प्रतिवेदन तथा आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण  समितिका संयोजक तारादेवी मानन्धरले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ८ सय ६३ शेयर सदस्यबाट १ करोड ५५ लाख १० हजार ४ सय शेयर पूँजी संकलन, १५ करोड ३४ लाख ९९ हजार ६ सय ४५ बचत निक्षेप संकलन, १४ करोड ३८ लाख ९३ हजार ७ सय ४० ऋण लगानी गरी २ करोड १३ लाख ८ हजार १ सय ८९ कुल आम्दानी गर्न  सकेको छ । २ करोड ५ लाख ५५ हजार १ सय ५० कुल खर्च भई, ६ लाख ७७ हजार ७ सय ३५, खुद मुनाफा कमाउन सफल भएको छ । यस वर्षको नाफाबाट २५ लाख ४० हजार ९ सय ५३ ऋण व्यहोर्ने जोखिम कोषमा राखी कुल ७१ लख ९४ हजार ६ सय ८७ ऋण जोखिम कोषमा रहेको संस्थाले जनाएको छ ।  ४३ लाख ८७ हजार ९ सय ३ जगेडा तथा अन्य कोषहरु रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्