विपी राजमार्ग अन्र्तगत नार्केबजार देखि माम्तिखोला सम्मको सडक राति ९ बजेदेखि विहान ४ बेजसम्म बन्द हुने भएको छ । डाइभर्सन कार्यको लागि रातको समयमा राजमार्ग अबरुद्ध गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षापछि आएको वाढी पहिरोले बिपी राजमार्गको अधिकांश ठाउँमा क्षति पु¥याएको थियो ।
