IMG-LOGO

एक्काइस लाखले देश छोडेर विदेश लागे

 मंगल, मंसिर ११, २०८१  ---

         सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर २१ लखभन्दा बढी यात्रुले बाह्य मुलुकको यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त अवधिमा भएका २८ हजार ८२ उडान अवतरण मार्फत ३८ लाख २७ हजार ३ सय ११ यात्रुले अन्तराष्ट्रिय हवाई यात्रा गरेका हुन्, जसमध्ये २१ लख ४६ हजार १ सय ८७ यात्रु बाहिरिएका छन् भने १८ लाख ४६ हजार १ सय ८७ यात्रु भित्रिएका छन् । प्राधिकरणका अधिकृत एवं सूचना अधिकारी ज्ञानेन्द्र मुलले भन्नुभयो, “सन् २०२४ को अक्टोबरसम्म ३८ लाखभन्दा बढाी यात्रुले बाह्यतर्फको उडान सेवा लिएका छन् । अक्टोबरमा मात्रै गत वर्षभन्दा ६० हजार भन्दा बढी यात्रुले अन्तराष्ट्रिय हवाई सेवा लिएका छन् ।” सन् २०२३ को अक्टोबरमा ४ लाख ६२ हजार २ सय ४० यात्रुले ओहोरदोहोर गरेका थिए भने सन् २०२४ को सोही अवधिमा ५ लाख आठ हजार १ सय १६ यात्रुले हवाई सेवा लिएको प्राधिकरणले जनाएको छ ।

         अहिले विमानस्थल विस्तारको काम जारी रहेकाले अर्को वर्ष थप उडान र यात्रुको संख्यामा थप बढोत्तरी हुने उनले बताए । विमानस्थलमा अन्तराष्ट्रिय पार्किङ वे, ह्याङ्गर निर्माण र समानान्तर ट्यक्सी वे विस्तारको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिदै हाल राति १० बजेपछि हुँदै आएका ६ वटा उडान बन्द भए पनि हवाई यात्रुको संख्या भने यथावत् नै रहेको उहाँको भनाई छ ।

         प्राधिकरणका अनुसार सन् २०२४ को जनावरीमा २ लाख ५ हजार ६५, फ्रेबुअरीमा ३ लाख ९५ हजार ३ सय ७४, मार्चमा ४ लाख ५४ हजार ६ सय ८९, अप्रिलमा ४ लाख ५० हजार ४ सय ५२, मेमा ५ लाख १ हजार ६६, जुनमा ३ लाख ६३ हजार ५ सय ९१, जुलाईमा ३ लाख ५६ हजार ४४, अगस्टमा ३ लाख ५८ हजार ३ सय ८८, सेप्टेम्बरमा २ लाख २७ हजार ५ सय ५३, अक्टोबरमा ५ लाख ८ हजार १ सय १८ यात्रुले बाह्यतर्फको हवाई सेवा लिएका छन् ।

         अन्तराष्ट्रियतर्फ यस वर्ष सबैभन्दा बढी यात्रु बोक्नेमा कतार एयर रहेको छ । कतार एयरवेजले करिब १९ सय उडान–अवतरणमार्फत पाँच लाख यात्रु बोकेको छ । दोस्रो नम्बरमा रहेको नेपाल वायु सेवा निगमले दुई हजार तीनसय ८० उडान अवतरणमार्फत करिब पाँच लाख यात्रु बोकेको प्राधिकरणले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्