धुलिखेल–८ बडालगाउँ स्थित बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठानको आयोजनामा सञ्चालित चतुर्मास सत्सङ्गको बिहिबार समापन भएको छ । पण्डीत रामहरी बडालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतम हुनुहुन्थ्यो । प्रतिष्ठानका संरक्षक पण्डीत सुदर्शन बडाल, धुलिखेल नगरपालिका वडा नं. ८ का अध्यक्ष विनोद गौतम, पशुपति विकास क्षेत्र कोषका सदस्य डा. भरत बडाल, जनचेतना युवा समूहका सचिव नवराज बडाल, पण्डीत विष्णुहरी बडाल, कृष्णहरी बडाल अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा अतिथिहरु सुनिता बडाल, देवकी सुवेदीले मालाद्धारा स्वागत गर्नु भएको थियो । उक्त सत्सङ्गमा योगदान पु¥याउने गुरुहरुलाई सम्मान, त्यस्तै गरी सत्सङ्ग कार्यमा कर्ताको रुपमा दैनिक पूजा गर्न सहयोग पु¥याउने १ सय ४७ जनालाई सम्मान गरेको कु्रा प्रतिष्ठानका सचिव गणेश बडालले बताउनुभयो । बहल्टारेश्वर मन्दिर निर्माणका लागि स्थानीय तिर्थ बडालले जग्गा दान गर्नु भएको छ । धुलिखेल नगरपालिकाले २० लाख, वडा नं. ८ ले १० लाख, आ.व. ०८१÷०८२ को बजेटबाट उपलब्ध गराउने भएको कुरा वडा अध्यक्ष गौतमले बताउनुभयो । सोही वडाको जनचेतना युवा समुहले गत वर्ष श्रीमद भागवत महायज्ञ सञ्चालन गरी बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान सञ्चालन गर्न र व्यवस्थित गर्न ६४ लाख रकम संकलन गरेको संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेले बताउनुभयो । उक्त यज्ञबाट खर्च भई बाँकी रहेको रकम कोषको रुपमा राखी बहल्टारेश्वर मन्दिरलाई थप व्यवस्थित गर्नु पर्ने बताउनुभयो । उक्त उत्सङ्ग कार्यक्रममा समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति काभ्रे प्रमुख गौतमले ११ लाख १ हजार १ सय ११ बजेट उपलब्ध गराउने घोषणा धुलिखेल वडा नं. ८ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । बहल्टारेश्वर आध्यत्मिक प्रतिष्ठानको कार्यालय स्थापनाका लागि पशुपति विकास कोषका सदस्य डा.भरत बडालले ५ हजार दिने हुनुभएको छ ।
