IMG-LOGO

कोभिडको असर पत्रपत्रिकामा ५० दैनिक र १९३ साप्ताहिक मात्र प्रकाशनमा

 मंगल, जेठ २५, २०७८      गौरव मानन्धर 

     कोरोनाको दोश्रो लहरले सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । २०७७ जेठ १६ गते देखि मुलुकका बिभिन्न ठाँउमा निषेधाज्ञा हुँदा  सञ्चार माध्यामले प्रकाशन गरेका पत्रपत्रिका विक्रि वितरणमा ठूलो समस्या आएको हो । प्रेस काउन्सिलका अनुसार कोरोना  प्रकोप अगाडि  दैनिक पत्रिका २ सय ४१ प्रकाशनमा थिए अहिले मात्र ५० बटा मात्र प्रकाशनमा छन् ।  त्यस्तै अर्ध साप्ताहिक ३, साप्ताहिक ६ सय ११, पाक्षिक १४ र मासिक १ सय २४ पत्रपत्रिका प्रकाशन भइ प्रेस काउन्सिल नेपालको अभिलेखिकरणमा रहेकोमा कोभिडको समयमा  अर्ध साप्ताहिक २, साप्ताहिक  १ सय ९३, पाक्षिक ३ र मासिक २६ वटा मात्र पत्रपत्रिका प्रकाशन भइ प्रेस काउन्सिलको अभिलेखिकरणमा रहेको प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा पत्रपत्रिका व्यवस्थापन प्रणालीका अनुगमन साहायक विपुल पाण्डेले काभ्रे टाइम्सलाइ जानकारी दिए । अनलाईन मिडिया भने २ हजार ७ सय सञ्चालनमा रहेकोमा नियमितता रहेको जनाएको छ । काभ्रे जिल्लामा कोरोना अघि पाक्षिक १, मासिक १, त्रैमासिक २ र साप्ताहिक पत्रपत्रिका २१ वटा प्रेस काउन्सिलमा अभिलेखमा समावेश भएको हाल भने पाक्षिक, मासिक र त्रैमासिक प्रकाशन भएका छैनन् । त्यस्तै साप्ताहिक पत्रपत्रिकामा  १४ वटा मात्र नियमित प्रकाशन गरी प्रेसकाउन्सिलमा अभिलेखमा समावेश भएको मिडिया अनुगमन सहायक विपुल पाण्डेले बताएता पनि बजारमा  नियमित काभ्रे टाइम्स र चेष्टा साप्ताहिक मात्र प्रकाशन भई वितरणमा आएका देखिन्छन  । अन्य पत्रपत्रिका भने डिजिटल पेजमा मात्र उल्लेख गरेको जनाइएको छ । पत्रपत्रिका प्रकाशन नआएको खण्डमा लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी हुन्छ की हुँदैन भन्ने जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले भने प्रेस काउन्सिलले बैठकको निणर्य गरी गत साल जस्तै कोभिडको कारण नियमित प्रकाशनमा नआएका पत्र पत्रिकाहरुको हकमा नियमित प्रकाशनमा आउँदाका बखत थाप विज्ञापन प्रकाशन गरी लोक कल्याणकारी विज्ञापनको भूक्तानी  दिन प्रवन्ध मिलाउनको लागि भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको भए पनि मन्त्रालयबाट कुनै खालको निणर्य भएर नआएको बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्