डलर सटही गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार सिन्धुपाल्चोक बाह्रविसे ३ का २० वर्षिय दिपक तामाङ र सोही ठाउँका ३० वर्षिय ज्वाला तामाङलाई ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा वडा नं. १० स्थीत सेतीदेवी मन्दिरको जंगलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ सय ५० डलर, २ थान मोबाइल र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ । उनीहरुले दोलखा मेलुङ ४ का १७ वर्षिय सुस्मित महतलाई २÷३ दिन देखि अमेरिकन डलर साट्ने भनी फोन गरिरहेका थिए । निज प्रतिवादीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ठगी सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।
