धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा नं १३ कोशीदेखा रोटेपिङ स्थित बा ४ ख २२०२ नम्बरको मिनिट्रक दुर्घटनामा परी स्थानीय दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक कुमार रोक्का र सह–चालक माईला रोक्का रहेको जिल्ला प्रहरील जनाएको छ ।
